काठमाडौँमा प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल ले आफ्नो पदभार सम्हालेका छन्। उनले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय मा पुगेर औपचारिक रूपमा जिम्मेवारी ग्रहण गरेका हुन्।
आज अपरान्ह उनले रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका थिए। शपथग्रहणपछि तुरुन्तै सभामुखको जिम्मेवारी सम्हाल्दै उनले कार्यकाल सुरु गरेका हुन्।



संसद् सचिवालयमा उनलाई महासचिव पदमप्रसाद पाण्डेय लगायतका उच्च अधिकारीहरूले स्वागत गरेका थिए।





