वेव सिरिज ‘रुद्र’मा अजयले वुझे १२५ करोड पारिश्रमिक – Nepali Online Tv

बलिउड नायक अजय देवगण डिजिटल डेब्यूको तयारीमा छन् । उनी, ‘रुद्र’ नामक वेव सिरिजमा काम गर्ने तयारीमा छन् । यो वेव सिरिजको जुलाई महिनाबाट छायांकन सुरु हुँदैछ ।

वेव सिरिजमा पहिलो पटक काम गर्न लागेको अजयले पारिश्रमिक पनि महंगो लिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो वेव सिरिजका लागि अजयले १२५ करोड रुपैयाँ पारिश्रमिक लिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

मिडियाका अनुसार, अजयको यो पारिश्रमिकमा प्रोमो सुट, सोशल मिडिया पोष्ट, रियालिटी शोमा उपस्थिती लगायतका शर्त पनि उल्लेख गरिएको छ । यो सिरिजमा साउथकी नायिका राशी खन्नाले पनि काम गर्दैछिन् ।

यो सिरिज ब्रिटिश साइक्लोजिकल क्राइम ड्रामा ‘लूधर’को आधिकारिक रिमेक हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

गौरीफन्टा नाकामा मन्त्रीको अनुगमन, भारत जान लागेकामाथि परेन नजर

प्रदेश १ ले अवलम्बन गर्‍यो ‘संरक्षित कृषि, सुरक्षित बचत’ नीति

स्पेनमा घर बाहिर निस्किँदा मास्क लगाउनु नपर्ने बार्सिलोना।

टिकटकको मातृ कम्पनी बाइटडान्सको नाफा दोब्बरले बढ्यो

वेव सिरिज ‘रुद्र’मा अजयले वुझे १२५ करोड पारिश्रमिक

किन हुन्छ पेट भारी ? गर्नु यी उपाय हरु


TOP