सोमबार , चैत्र ३०, २०८२
अबदेखि सेयर बजार हप्ताको ४ दिन खुल्ने ! – Nepali Online Tv
Trend

सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेसँगै अब सेयर बजारको कारोबार दिनमा परिवर्तन आउने देखिएको छ।

यस निर्णयको असरस्वरूप नेपाल स्टक एक्सचेन्ज (नेप्से) अब हप्तामा चार दिन मात्र सञ्चालन हुने सम्भावना बढेको छ।

अहिलेसम्म सेयर बजार आइतबारदेखि बिहीबारसम्म खुल्ने र शुक्रबार–शनिबार बन्द हुने व्यवस्था थियो। तर आइतबार पनि सार्वजनिक बिदा परेपछि बजार आइतबार समेत बन्द रहनेछ, जसले गर्दा कारोबार दिन घट्ने अवस्था बनेको हो।

यद्यपि, शुक्रबार बजार खोल्ने विषयमा नेप्सेभित्र छलफल भइरहेको बताइएको छ। यदि सञ्चालक समितिले शुक्रबार कारोबार सञ्चालन गर्ने निर्णय गर्यो भने बजार फेरि पाँच दिन खुल्न सक्छ। अन्यथा, हालको परिस्थितिमा बजार हप्ताको चार दिन मात्र खुल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

  चैत्र २२, २०८२ आइतबार 4 Views

सभामुखद्वारा पदभार ग्रहण

ताजा अपडेट
धेरै पढिएको

TOP