अमरेशकुमार सिंहले माग गरे सार्वजनिक पद धारण गरेकाहरूको सबैको सम्पत्ति छानबिन गर्न – Nepali Online Tv

आज प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा सांसद अमरेशकुमार सिंहले २०४७ सालपछि न्यायपालिका, व्यवस्थापिका तथा कार्यपालिकामा सार्वजनिक पद धारण गरेकाहरूको सबैको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका छन् ।

स्वतन्त्र सांसद सिंहले सार्बजनिक लाभको पदमा २०४७ साल देखि बसेका सबैमाथी निष्पक्ष छानबिन गर्न अधिकार सम्पन्न न्यायिक समिती बनाउन पर्ने माग राखेका छन्।

उनले भने, ‘म सरकारसँग माग गर्न चाहन्छु । ०४७ सालदेखि जो लाभको पदमा बसेको छ, सरकारमा गएको छ । चाहे त्यो कार्यपालिकामा गएको होस्, त्यो न्यायपालिका र व्यवस्थापिकामा नै किन गएको न होस् । सुरक्षा निकायमा हुन् या कर्मचारीतन्त्रमा गएका हुन् । उसको निष्पक्ष, न्यायिक छानबिन गर्नुपर्दछ ।’

देशको आधाभन्दा बढी बजेट विदेश गएको र आधा बजेट नेता र कर्मचारीले भ्रष्टाचार गर्दा देश बर्बादीतर्फ गएको उनको टिप्पणी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

गौरीफन्टा नाकामा मन्त्रीको अनुगमन, भारत जान लागेकामाथि परेन नजर

प्रदेश १ ले अवलम्बन गर्‍यो ‘संरक्षित कृषि, सुरक्षित बचत’ नीति

स्पेनमा घर बाहिर निस्किँदा मास्क लगाउनु नपर्ने बार्सिलोना।

टिकटकको मातृ कम्पनी बाइटडान्सको नाफा दोब्बरले बढ्यो

वेव सिरिज ‘रुद्र’मा अजयले वुझे १२५ करोड पारिश्रमिक

किन हुन्छ पेट भारी ? गर्नु यी उपाय हरु


TOP