आइतबार , चैत्र २९, २०८२
शेयरबजार अस्वभाविक घटेपछि सिंहदरवारकाे दक्षिणी गेटमा पुगे लगानीकर्ताहरू – Nepali Online Tv
Trend

सेयर बजारमा आएको तीव्र गिरावटप्रति असन्तुष्टि जनाउँदै लगानीकर्ताहरूले आइतबार सिंहदरबार दक्षिण गेट अगाडि विरोध प्रदर्शन गरेका छन्।

उनीहरूको आरोप छ कि सरकारका पछिल्ला निर्णय तथा कारबाहीले बजारमा नकारात्मक असर पारेको छ।
विशेषगरी व्यवसायीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अगाडि बढाइए पछि लगानीकर्तामा त्रास फैलिएको देखिन्छ।

यही कारण साताको पहिलो कारोबार दिनमै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य गिरावट आएको छ।
आइतबार नेप्से १०५.५० अंकले ओरालो लाग्दै २६७६.६८ विन्दुमा झरेको हो। बजारमा देखिएको यो गिरावटलाई धेरैले सरकारी कदमसँग जोडेर हेरेका छन्, जसले गर्दा लगानीकर्ताहरू सडकमा उत्रन बाध्य भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP